कोरोना खोप अभियान : तेस्रो दिनसम्म ४६ हजारभन्दा बढीले लगाए खोप

कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत तेस्रो दिनसम्म ४६ हजारभन्दा बढीले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रबाट ४६ हजार १ सय ९७ जनाले खोप लगाएका हुन्।

प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५०, बागमतीमा १५ हजार ६ सय ४१, गण्डकीमा ७ हजार १ सय ५३, लुम्बिनीमा ४ हजार ६ सय ३५, कर्णालीमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन्।

खोप लगाएका केही व्यक्तिमा सामान्य असर देखिए पनि आफै निको भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय