स्वास्थ्यकर्मीको निधनप्रति मन्त्रालयद्वारा दु:ख व्यक्त

कोरोना संक्रमणविरुद्ध खटिएकी स्वास्थ्यकर्मीको निधन भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दु:ख व्यक्त गरेको छ।

बैजनाथ गाउँपालिका टिटिहरिया स्वास्थ्य चौकीमा कोरोनाविरुद्ध अग्रपंतिमा खटिएकी सिनियर अनमी ४७ वर्षीया रमा भारतीको निधन भएकोभन्दै मन्त्रालयले दु:ख व्यक्त गरेको हो। उनको शुक्रबार बाँकेमा निधन भएको हो।

कोरोना भाइरस पुष्टि भएपछि भारती माघ १३ गते अस्पताल भर्ना भएकी थिइन्।

भारती स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीकी श्रीमती हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय