देशभर तीन हजार सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा १ सय ५७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै नेपालमा कूल संक्रमित संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ।

नेपालमा सोही अवधिमा ३ सय ३३ जना संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुने कूल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ।

आज देशभर थप ५ जनाले ज्यान गुमाएका छन्। यससँगै ज्यान गुमाउने संक्रमित संख्या २ हजार २५ पुगेको छ। हाल देशभर ३ हजार २२ सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय