कोरोनाविरुद्धकी फ्रन्टलाइनर अनमी भारतीको संक्रमणबाट निधन

कोरोना संक्रमणका कारण सिनियर अनमी रमा भारतीको निधन भएको छ। उनको शुक्रबार बाँकेमा निधन भएको हो।

बैजनाथ गाउँपालिका टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया भारतीको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएको हो।

कोरोना भाइरस पुष्टि भएपछि भारती माघ १३ गते अस्पताल भर्ना भएकी थिइन्। उनले कोरोना नियन्त्रका लागि फ्रन्टलाइनमा खटिएर काम गरेकी थिइन्।

भारती स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीकी श्रीमती हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय