म गर्भवती स्वास्थ्यकर्मी हुँ, के कोरोना खोप लगाउन मिल्छ?

सवाल : म २५ वर्षकी गर्भवती स्वास्थ्यकर्मी पनि हुँ। कोरोना संक्रमितको उपचारमा गर्दै आएको छु। मैले कोरोना खोप लगाउन हुन्छ कि हुँदैन? – सपना

जवाफ : गर्भवती र स्तनपान गरिरहेका आमालाई खोप ट्रायलमा समावेश गरिएको थिएन। तर, खोपले गर्भवती आमा वा गर्भको भ्रुण वा दुध खाने शिशुलाई हानि हुने कुनै बायोलजिकल कारण अध्ययनले देखाएको छैन। पश्चिमी देशहरूमा यी समूहमा खोप लिन चाहनेहरूलाई दिइरहेको छ। हालसम्म कुनै समस्या देखिएको रिर्पोट आएको छैन।

त्यहाँका प्रसुती रोग र बाल रोग विशेषज्ञका संस्थाहरू पनि सबैलाई खोप लगाउन सिफारिस गरेका छन्। यो रोग लाग्यो भने कति भयावह हुन सक्छ। हामीले देखेकै छौं।

गर्भवती महिलालाई संक्रमण भए कडा रोग लाग्ने जोखिम झन बढी छ। अनि हामी स्वास्थ्यकर्मी त्यसै पनि संक्रमणको उच्च जोखिममा छौं। त्यसैले स्तपान गर्ने वा गर्भवती महिलाले पनि खोप लगाउन बुद्धिमानी हुन्छ।

– डा. अनुप सुवेदी/संक्रामक रोग विशेषज्ञ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय