कोरोना भाइरसको उत्पत्तिबारे उहानमा अध्ययन सुरु

कोरोना भाइरस उत्पत्तिबारे स्थलगत अध्ययन गर्न चीनको उहान पुगेको विश्व स्वास्थ्य संगठनको टोलीले बिहीबारबाट काम सुरु गरेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसन्धान टोलीले १४ दिनको क्वारेन्टाइनन बसेर काम थालेको हो।

टोलीले कोरोना प्रकोप सुरु भएपछिका सी-फूड बजार, अस्पताल र कोरोना उपचारमा संलन अधिकारीहरुसँग प्रमाणहरू संकलन गर्नेछन्।

गत १४ जनवरीमा उहान पुगेका १४ सदस्सीय बैज्ञानिकको टोली २ हप्ता क्वारेन्टाइनमा बसेका थिए।

सो अवधिमा पनि बैज्ञानिकहरुले चिनियाँ बैज्ञानिकसँग भर्चुअल संवाद जारी राखेका थिए।

सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम साता उहानमा कोरोना भाइरस देखा परेका थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय