बिहिबार २८ हजार ७३२ जनाले कोरोना खोप लगाए

नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन २८ हजार ७३२ जनाले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर  २८ हजार ७३२ जना व्यक्तिले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका छन।

प्रदेश १ मा ३ हजार ८४७, प्रदेश २ मा २ हजार १७४, बागमती प्रदेशमा ११ हजार ४६१ जनाले खोप लगाएका छन्। यस्तै , गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३०३, कर्णाली प्रदेशमा १ हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४१२७ जनाले खोप लगाएका छन्।

यसअघि कोरोना भाइरस विरुद्धको खोप अभियानको पहिलो दिन बुधबार ९ हजार ८४ जनाले खोप लगाएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाएका कुनै पनि व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप स्वास्थ्य मन्त्रालयले पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिहरुलाई लगाइएको छ।

सरकारले खोप अभियानमा स्वास्थ्यकर्मीहरु, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरु, एम्बुलेसन्स तथा शव वाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरु, शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरु, महिला स्वास्थ्य स्वयं सेवकहरु,अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी ,पहिलो प्राथमिकतामा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय