विराट अस्पताल द्दारा स्वास्थ्य शिविर, १ सय १६ जनाले सेवा लिए

विराट मेडिकल कलेज तथा शिक्षण अस्पालले गरेको स्वास्थ्य शिविरमा १ सय १६ जनाले सेवा लिएका छन्।

स्वास्थ्य शिविरमा मिर्गौला रोग सम्बन्धी ४२ र मुटसँग सम्बन्धित ७४ जनाले सेवा लिएका थिए।

भारतको फोर्टिस मेमोरियल हस्पिटलका दुई वरिष्ठ चिकित्सकले सेवा दिएका हुन्।

मुटुरोग विशेषज्ञ डा. रोहित गोले र मिर्गौला रोग विशेषज्ञ प्रथा कर्मकारले बिरामी हेरेका थिए।

स्वास्थ्य शिविर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म अस्पताल प्रागणमा चलेको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय