नेपालमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झर्‍यो

कोरोना संक्रमित निरन्तर घट्दै गइरहेका बेला नेपालमा त्यसबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ।

पछिल्लो चौबिस घण्टामा २ सय १३ जनामा संक्रमण पुष्टि भयो तर कुनै पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार भने ३ जनाको मृत्यु भएको थियो। अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट २०२० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार यो कुल संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ।

बिहीबारसम्म ३ हजार २ सय ३ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा २ सय १३ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल १ सय १३ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ९६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल १ सय ७२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ४६ जना आइसियु र २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय