कोरोना खोप लगाएकी पहिलो नेपाली नर्स भन्छिन् – दिनरात त्रासमा थियौं, अब मन ढुक्क हुँदैछ

कोभिड १९ महामारीले एक वर्षदेखि नै विश्वको आतंक मच्चाइरहेको छ। त्यो आतंकको चुनौती चिर्न लागि खोप विकास भइरहेको छ।

केही खोप विश्वका अधिकांश मुलुकमा लगाउन समेत सुरू भइसकेको छ।

नेपालमा खोप पाउने पहिलो प्राथमिकतामा कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी छन्।

नेपालमा पहिलो संक्रमितको उपचार गरेकी टेकु अस्पतालकी आइसियु इन्चार्ज उषा देवकोटाले कोरोना खोप लगाउने पहिलो नर्स भइन।

उनले कोरोना संक्रमितको सुरूमा उपचार गर्दाको क्षण र खोप पाउँदाको अनुभव हेल्थपोष्ट साटेकी छिन्।

देवकोटाको त्यो अनुभव उनकै शब्दमा…

कोरोना भ्याक्सिन आउनुभन्दा अगाडी एकदमै डर लाएको थियो। सञ्चार माध्यमबाट विदेशमा भ्याक्सिन लगाएर धेरैलाई एलर्जी, ज्वरो भएको छ। त्यसका साथ—साथै खोपका कारण कतिपयको मृत्यु भएको घटना समेत सुनिएको थियो।

जब नेपालमा भ्याक्सिन आयो। त्यसपछि धेरै नकारात्मक हल्ला सुनिराखिएको थियो।

सरकारले १४ गतेदेखि भ्याक्सिन लगाउने भनेको थियो। खोप केन्द्रहरू तोकिए। स्वास्थ्यकर्मीलाई भ्याक्सिन लगाउनको लागि तालिम दिइयो।

खोप लगाउनको लागि पोजेटिभ काउन्सिलिङ हामीलाई भयो।

त्यति भइसकेपछि त खोप लगाउने पर्छ भन्ने भनमा भावना आयो।

हिजो मैले कोरोना विरूद्धको भ्याक्सिन पनि लगाएँ। अहिलेसम्म कुनै समस्या देखिएको छैन।

कोरोना आउँदा जति डर थियो। यो भ्याक्सिन लगाउँदा त्यति डर भएन। धेरै नै खुसी लाग्यो।

कोरोनाका कारण मन दिनरात त्रासमा थियो । खोपको तत्काल असर टरेपछि विस्तारै मन ढुक्क हुँदैछ ।

स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखेर सरकारले खोप उपलब्ध गराइयो ।

भ्याक्सिन लगाएपछि १ घन्टाजति अस्पतालभित्रै वरिपरि नै बसिराख्यौं। केही साइड इफेट हुनसक्छ कि भन्ने डरले !

टाउको दुख्ने, वान्ता हुने, ज्वरो आउने जस्ता समस्या हुनसक्छ कि भन्ने डर थियो। तर, मेरो हकमा त्यस्तो समस्या भने देखिएन।

हामी जस्तो स्वास्थ्यकर्मी नै चिकित्साविज्ञानमा विश्वास नगरे कसले गर्छ? त्यसपछि लगाउन आँट गरे।

त्यसपश्चात पुन काममा व्यस्त भएँ। अहिले २४ घन्टा बितिसकेको छ। तर, अहिलेसम्म कुनै समस्या देखिएको छैन।

म नर्मल नै छु। बिहान आएर काम गरिरहेको छु।

भ्याक्सिन लगाउनुभन्दा अगाडी जसरी नियमित काम गरेको हुन्थें । त्यसैगरी नै अहिले काम गरिरहेको छु।

१४ गतेभन्दा अगाडी भ्याक्सिन नलगाउने कि भन्ने मनमा त्रास थियो। खोप लगाएपछि केही समस्या देखिनसक्छ कि भनेर साथीभाई कुराकानी हुन्थ्यो।

सुरू—सुरूमा भ्याक्सिन नलाउन हो कि भन्ने वातावरण सिर्जना भएको थियो। तर,एक—दुई जनाले भ्याक्सिन लगाएपछि मन बलियो भयो।

अहिलेसम्म अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीले भ्याक्सिन लगाइसकेका छन्।

घर परिवारले भ्याक्सिन लगाउनका लागि पे्ररित गर्नुभएको छ। अहिलेसम्म कुनै पनि स्टाफहरूको परिवारले नलगाउन भनेका छैनन।

हामी कोभिड बिरामी हेर्ने भएकाले पहिलो प्राथमिकतामा राखेर नै भ्याक्सिन दिइएको छ। मेरा केही साथीहरुले भ्याक्सिन लगाएका छैनन भन्ने सुनेको छु। आशा छ, सबैले छिट्टै लगाउनु हुनेछ।

सुरूमा कोरोना संक्रमित नेपालमा देखिँदा महामारी नै आयो। अब हामी सबैको मृत्यु हुन्छ होला जस्तो लागेको थियो।

तर, पछि काम गदै जाँदा भाग्न हुँदैन, यो रोगसँग लड्नुपर्छ भन्ने भावना आयो।

तर, जति कोरोना बिरामी आउँदा त्रास थियो। बिरामी कसरी छुने होला, कसरी उपचार गर्ने होला भन्ने त्रास थियो।

सबैतिर लगाइरहेको खोप भएकाले केही डर लगाएको छैन।

यस्तो महामारी हाम्रो पुस्ताले पनि जीवनमा पहिलो पटक भोग्दैछ । त्यसैगरी खोपको उपलब्धता पनि ऐतिहासिकक्षण नै हुनेछ। भोली गएर हाम्रा पुर्खाले कोरोनाका महामारीमा यसरी खटिएर काम गरेका रहेछन् भनेर चर्चा गलान्।

पहिलो चरणमा अग्रपंतिमा खटिने मानिसले खोप पाउने छन्। तर, सबै जनताको लागि खोप चाडैं आओस। कोरोनाको नयाँ प्रजाति पनि थपिदै गएको छ। तर, यही खोपको विकासले कोरोना कहर समाप्त होस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय