बोनम्यारो ट्रान्सप्लान्टसम्बन्धी फेलोसिपका लागि स्वास्थ्य मन्त्रालयले माग्यो आवेदन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ १५ गते १४:१४

भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँदिल्लीमा हुने ‘फेलोसिप ट्रेनिङ इन बोनम्यारो ट्रान्सप्लान्ट सेलुलर थेरेपी’ एक वर्षे कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन माग गरेको छ।

मन्त्रालयले स्वास्थ्य सेवाको स्थायी दरबन्दीमा कार्यरत बालरोग विशेषज्ञहरुलाई ३ दिनभित्रमा निवेदन गर्नको लागि अनुरोध गरेको छ।

मन्त्रालयका अनुसार माघ १७ गतेसम्म निदेवन दिइसक्नुपर्ने छ।

उक्त फेलोसिप तालिम लिन चाहने बालरोग विशेषज्ञले पीडियाट्रिक हेमाटोलोजि अंकोलोजि तालिम लिएको हुनुपर्ने मन्त्रालयको जारी सूचनामा उल्लेख छ।

निवेदन दिएका मध्येबाट मन्त्रालयले एक जना विशेषज्ञलाई उक्त फेलोसिप तालिमका लागि छनौट गर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय