कोरोनायुद्धका फ्रन्टलाइनर डा. अनिलले देखेको र भोगेको छटपटी

डा. अनिल पोखरेल कोरोना संक्रमणविरुद्धको लडाइका एक ‘स्ट्रार’ डाक्टर हुन्। स्टार अस्पतालको कोरोना ‘फोकल पर्सन’ भएर उनले थुप्रैको ज्यान बचाए।

अस्पतालमा बिरामीको व्यवस्थापनदेखि स्वास्थ्यकर्मीको व्यवस्थापनसम्मको पाटोलाई चुस्त रूपमा अगाडि बढाए। जसले गर्दा निजी क्षेत्रमा धेरैको पहिलो रोजाइमा प-यो स्टार अस्पताल।

बिरामीको चाप धेरै हुँदा होटलमै बसाएर अस्पतालले उपचार गर्‍यो। तर, कसैलाई फिर्ता पठाएन। व्यवस्थापनलाई त्यसरी सहज रूपमा अगाडि बढाउन डा.पोखरेलको ठूलो भूमिका छ।

उनी कहिले बिदा बसेनन् । कहिले थकाइलाग्यो भनेनन्। बिहानै अस्पताल आउथे। र, राती १०–११ बजेसम्म अस्पतालमै हुन्थे। बिरामीका लागि उनको मोबाइल २४ सैं घन्टा खुल्ला हुन्थ्यो। उनले बिरामीलाई परामर्श दिन कहिलैं दिन रात भनेनन्।

यसरी सेवा गर्दागर्दै एक दिन उनी स्वयं संक्रमित हुन पुगे।

डेढ महिना अघि संक्रमित हुँदा उनमा सुरुमा कुनै लक्षण थिएन। उनलाई केही हुँदैन जस्तो लागेको थियो। तर, विस्तारै डा. पोखरेलको अक्सिजन मात्रा घट्दै जानथाल्यो।

परिवारका सदस्यलाई उनले आफू सामान्य रहेको बताएका थिए। भित्रभित्रै डा. पोखरेलको शरीर गलिरहेको थियो। अस्पताल पुग्नेवित्तिकै सिटिस्क्यान गर्दा उनमा निमोनिया संक्रण देखियो।

बिरामीहरू उपचारका क्रममा डा.पोखरेललाई जिउ दुखेको गलेको अनुभूति सुनाउथे। ‘आफू संक्रमित हुँदा मैले उहाँहरूको पीडालाई महशुस गरे। कपडाले शरीर छुँदा पनि दुखेको झै लाग्थ्यो’, उनले भने। उनी पाँच दिनसम्म अस्पताल भर्ना भए।

‘बिरामीलाई लक्षण अनुसारको औषधि खाउ भन्न सजिलो हुँदो रहेछ। तर, आफै संक्रमित हुँदा निकै गाह्रो भयो’, उनी भन्छन्। पाँच दिनको अस्पताल बसाइपछि उनी घर फर्किए।

घर गएको दुई/तीन दिनसम्म उनको स्वास्थ्य राम्रै थियो। ४औं दिनमा उनको स्वास्थ्यमा फेरी समस्या देखिन थाल्यो। बिहानैबाट ज्वरो आयो। श्वास फेर्न गाह्रो भएको महशुस हुनथाल्यो।

दिनभरी जसोतसो विताए। राती ११—१२ बजेतिर झनै श्वासप्रस्वासमा समस्याआएको महशुस भएको डा. पोखरेल बताउँछन्। ‘छातीमा झ्याप समातेको जस्तो भयो।

अक्सिजनको लेवल ९० भन्दा तल झरिसकेको थियो। एकछिन छिट्टो–छिटो श्वास फेर्दा ९३–९४ मा पुग्यो’, उनी सम्झिन्छन्।

त्यो बेलाको आफ्नो स्वास्थ्य सम्झिँदै उनी कोरोनासँगै कुनै अन्य रोगले पो समातेको छकी भनेर डराएको बताउँछन्। अस्पताल पुग्दा उनको ज्वरो बढेको थियो।

‘आफ्नो उपचार आफै गर्नेवाला थिइन। स्वास्थ्य अवस्था निकै कमजोर भइसकेको थियो। सहकर्मीलाई जे–जे गर्नुछ गर भनियो’, उनी भन्छन्, ‘साथिहरूले औषधी मिलाएर खान दिनुभयो।’ औषधी सेवन गर्दा पनि डा. पोखरेलमा तीन दिनसम्म ज्वरो घटेन। उनी अक्सिन लिएर बसे। बिस्तारै अक्सिजको लेवल बढ्दै गयो। सिटीस्क्यान गरेर हेर्दा निमोनिया बढेको रहेछ। तर, डर लाग्दो गरि चाहिँ होइन।

चार दिनबाट ज्वरो पनि कम हुँदै गयो। ज्वरो घट्दै गएसँगै आफूलाई पनि सहज महशुस हुँदै गएको उनी बताउँछन्।

कोरोना जितेर सहज दैनिकिमा आउन उनलाई एक महिनै लाग्यो। सुरुमा एक तल्लामाथि उक्लिन पनि उनलाई गाह्रो हुन्थ्यो। ‘एक तल्ला चढिसकेपछि श्वा—श्वा हुन्थ्यो। लगातार दुई तीन तल्ला चढ्न सक्दैन थिए’, उनी भन्छन्।

अरु बिरामीलाई अक्सिजनको कमी हुँदा यसो गर उसो गर भनिने भए पनि आफै संक्रमित हुँदा गाह्रो भएको अनुभूति उनीसँग छ। ‘बिरामीको आत्मबल त बढाइन्थ्यो। तर, आफ्नै आत्मबल बढाउन केही दिन निकै गाह्रो भयो’, उनी भन्छन्।

घरमा अक्सिजन सकिदा अब मरिने त होइन भन्ने त्रास दुई दिन भित्रबाट सताएको उनले बताए। परिवारका मानिस उनको अवस्थाले त्यसै पनि चिन्तित थिए। उनले त्यो पीडालाई कसैसँग साटेनन्। परिवारको आत्मबल बढाउन मलाई ठिक छ, केही हुँदैन मात्रै भनिरहे।

‘मैले यत्रो मानिस जना बचाउन सकेको प्रयास गरेको छु। उनीहरूको आशिषले पनि मलाई केही हुँदैन जस्तो लाग्थ्यो’, उनी भन्छन्।

आफू जस्तै संक्रमणमा परेकाहरूको उपचार गर्ने चिन्ताले उनी धेरै घरमा बस्न सकेनन्। तर, अहिले पनि उनी धेरै दौडधुप गर्न सक्दैनन्। तीन–चार तला उक्लिदा अहिले पनि उनको जिउ गल्छ।

डा. पोखरेल नेतृत्वको टिमले निजी क्षेत्रमा कोरोना नियन्त्रणका लागि ठूलो भूमिका खेलेको छ। निजी क्षेत्रमा पहिलो पटक कोरोना संक्रमितको उपचार थालेको अस्पतालले धेरै बिरामीलाई निको पारेको छ।

अस्पतालले सुरुदेखिनै शंकास्पद बिरामीलाई भर्ना लिन्थ्यो। कुनै लक्षण देखिए पाटन अस्पताल रेफर गथ्र्यो।

पछि सरकारले निजी अस्पतालमा २० प्रतिशत बेड छुट्याएर राख्ने निर्देशन दिएपछि अस्पतालले सोही अनुसार बिरामीलाई राखेको उनी बताउँछन्। युहानमा सुरू भएको एक महिनादेखि नै आफूहरू आन्तरिक तयारीमा जुटेको उनको भनाई छ।

‘सुरुमा हाम्रो मन पनि डराएको थियो। तर, सधै डराएर मात्रै समस्याको हल हुने पनि थिएन। त्यसैले हामीले हिम्मत गर्यो’, उनी भन्छन्, ‘ हामी सबैले आफ्नो कर्तव्य निवार्ह गर्यौ।’ उनी सुरुवाति दिनदेखि नै आफूहरूले उच्च सुरक्षाका साथ काम गरेको बताउँछन्।

‘सुरूका दिन धेरै त्रास थियो। कोरोना लक्षण देखिएका मानिस आउने बित्तिकै हामी त्रसित हुन्थ्यौं’, उनी भन्छन्, ‘त्यतिबेला नेपालमा पिपिई पाइएको थिएन। हामी आफैले पिपिई र माक्स बनायौं। जुन निकै सुरक्षित थियो।’ कोरोनको बिरामी पो होकी, अब अवस्था के होला भनेर सोच्दा कुनै रात निद नै नलागेको उनी बताउँछन्।

‘बिरामीको ज्वरो बढ्यो। भित्र जाने कि नजाने। कति बेला जाने। प्रत्येक चीजको जवाफ आवश्यक हुन्थ्यो’, उनी भन्छन्, ‘फोन गर्दै बिरामीको छिनछिनको अपटेड लिइरहेका हुन्थ्यौं। केही गाह्रो हुने बित्तिकै भित्र जान्थ्यौं।’

पहिलो पोजेटिभ केस देखिने वित्तिकै आफ्ना स्टाफलाई १४ दिन क्वारेन्टाइन राखिएको उनले बताए।

विस्तारै बिरामीको संख्या बढ्दै गयो। उनका अनुसार स्वास्थ्यकर्मीहरूलाई कतिसम्मको अवस्थामा डराउनुपर्दो रहेछ र कस्तो खाले स्वास्थ्य सुरक्षा अपनाउनुपर्दो रहेछ भन्ने कुराको जानकारी हुन थाल्यो। संक्रमितको उपचार गर्न थालेको १०—१५ दिनपछि आफूहरूको आत्मबल बढ्दै गएको उनी बताउँछन्।

बिहान सात बजेनै अस्पताल पुगेर दिनभर ४ सयदेखि ५ सय संक्रमितसम्मको उपचार गरेको अनुभव छ डा. पोखरेलसँग। परिवारका मान्छेले चिन्ता व्यक्त गर्दा पनि उनी अस्पतालले कोरोना संक्रमितको उपचार थालेको दिनबाट आफू संक्रमित नहुँदासम्म कहिले बिदा बसेनन्।

ड्यिुटी गर्ने स्टाफका लागि अस्पताल प्रशासनले त्यही बस्ने व्यवस्था मिलाएको छ। अस्पतालले ड्यिुटी समय सकिएपछि ५ देखि ७ दिनसम्म क्वारेन्टाइनमा राख्नगरेको उनी बताउँछन्। चिकित्सकको हकमा बिरामीको सम्पर्कमा धेरै नआइने भएकाले नर्सहरूका लागि त्यो सुविधा बढी छ।

उनी बिरामीको उपचार गरेर घर जाँदा धेरै दिन एक्लै बसेका छन्। एक्लै हाम आइसुलेसनमा धेरै रात काटेका छन्। एक हप्ताको राउन्ड गर्ने बेलासम्म घरका परिवारसँग नभेट्ने। अन्य ५ दिन क्वारेन्टाइनमा बसिसेपछि परीक्षण गरेर मात्र नेगेटिभ आएपछि मात्र भेट्ने गरेको उनी बताउँछन्।

त्यो चक्र लामै समयसम्म चल्यो। उनले त्यो बिचमा १६–१७ पटक कोरोना परीक्षण गरे होलान्। त्यत्रो स्वास्थ्य सावधानी अपनाउँदा पनि उनलाई कसरी कोरोना सर्यो थाहा छैन। उनलाई संक्रमण हुनभन्दा पहिले घरमा उनकी आमा र छोरा छोरीमा संक्रमण भइसकेको थियो।

कोरोना चरम विन्दुमा पुगेको बेला उनलाई दैनिक तीन/चार सयले कल गर्थे। उनी सबै फोन उठाएर परामर्श दिइरहेका हुन्थे।

उनको एउटै चाहना थियो त्यस्तो महामारीमा आफूले गर्नसक्ने कुनै पनि सेवाको कसर बाँकी नरहोस्। ‘म जतिबेला बिरामीले खोज्दा भेटिरहेको हुन्थे। घर बस्ने बेलामा फोनबाट सम्पर्क हुथ्यो’, उनी भन्छन्।

उनी अस्पतालमा राख्न नपुगेर बिरामीलाई होटेलमा राखेर उपचार गरेको अनुभूति सुनाउँछन्। अलि सहज प्रकृतिका बिरामीको होटेलमा राखेर उपचार गरिएको उनले बताए।

अक्सिजन नलाई बस्न सकिने बिरामीलाई बेट खालि गर्न आग्रह गरेर व्यवस्थापन गरिएको उनले बताए। यसरी धेरै जनाको ज्यान बचाएको उनको भनाई छ।

ठिक भएर अझै केही दिन अस्पतालमै बस्न चाहेका धेरै मानिसलाई केही भए घरमै आएर उपचार गर्छौं भन्दै सम्झाएर पनि उनी नेतृत्वको टीमले काम गरेको थियो।

यसरी उपचार गर्दा सबै बिरामीले उनको टीमलाई सम्मान दियो। भनेको आग्रह सहजै स्वीकार्यो। बिरामीहरूले पनि सक्दो सहयोग गरेको उनी बताउँछन्। उनी आफूले मेडिकल फिल्डमा लगातार काम गरेको जीवनको यो नै पहिलो अनुभव भएको बताउँछन्।

‘म मिर्गौला विशेषज्ञ हुँ। यो संक्रामक रोग भएकोले मेरो कार्यदक्षता यसमा थिएन। तर, कता–कता हामीले नगरेर कसले गर्छ भन्ने मनमा आयो। र, म अधि सरेको हुँ। काम गर्दै गर्दा यसैमा पनि रमाए’, उनी भन्छन्, ‘धरै बिरामीको जीवन बचाउन सकियो। यसो फर्केर हेर्दा सन्तुष्टि लाग्छ।’ उनको नेतृत्वमा अस्पतालले कोरोना व्यवस्थापनको काम सुरु गरेको हो। डा. पोखरेल काम गर्दै गए।

उनी मिर्गौला रोग विषेशज्ञ भए पनि पछि निर्णय नै दिनसक्के गरि भित्र पसे। त्यसका लागि उनले थुप्रै अध्ययन गर्नुपर्यो।

उनी सधै बिरामीलाई भेट्न जाँदा म डाक्टर अनिल भन्थे। पिपिई भित्र छोपिएको अनुहारलाई बिरामीले चिन्दैनन्। त्यसैले उनले बिरामीको मनोबल बढाउन आफ्नो परिचय दिँदै परामर्श गर्थे। पछिपछि त बिरामीले उनको स्वर सुनेर चिन्न थालेको पोखरेल बताउँछन्।

कतिपय घरबाटै फोनमा उपचार गरेका बिरामीले त डा. पोखरेलको अनुहार नै देखेनन्। अनुहार नै नदेखाएर पनि उनले धेरैको उपचार गरेका छन्।

त्यसरी उपचारमा खटिदा कहिले काही उनमा आफै संक्रमित भइनेहोकी भन्ने पनि लाग्थ्यो। तर, सधै उनलाई त्यो त्रासले प्रास्त गर्दै आफ्नो सेवामा तल्लिन हुन प्रेरित गरिरह्यो।

उनी आफूहरूले हासिल गरेको सफलतालाई टीम वर्कको प्रतिफल भएको बताउँछन्।

One thought on “कोरोनायुद्धका फ्रन्टलाइनर डा. अनिलले देखेको र भोगेको छटपटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय