कोरोना खोप लगाउन पाउँदा भाग्यामानी ठानेको छु : डा. अनुप बाँस्तोला

मैले सुरुदेखि नै कोरोना खोप अन्य खोप जस्तै सामान्य भएको कुरा बताउँदै आएको छु। अन्य खोप लगाउँदा ‘साइड इफेक्ट’ नभएका जोकोहीले कोरोना खोप ढुक्कसँग लगाउन सक्छन्।

मैले बिहान १० बजे खोप लगाएको हुँ। अहिलेसम्म ममा कुनै ‘साइट इफेक्ट’ देखिएको छैन। म अन्य दिन झै नियमित काम गरिरहेको छु। त्यसैले खोप लगाइसकेपछि के(के नै हुन्छ भन्ने भ्रममा कसैलाई नपर्न म आग्रह गर्दछु।

कोरोना खोप लगाएर मान्छे मर्छ भन्नु एक मिथ्या भ्रम मात्रै हो। यो अन्य खोप जस्तै सामान्य हो भनेर सबैले बुझ्न जरुरी छ।

खोपको बारेमा नकारात्मक चर्चा भइरहेको मैले पनि सुनेको छु। तर, त्यस्तो चर्चा गर्नु र कुनै चिन्ता लिनु आवश्यक छैन।

सुरुवाति दिनबाट नै कोरोना संक्रमितको उपचारमा खटिएको थिए। आज कोरोना खोप लगाउन पाउँदा आफूलाई भाग्यामानी ठानेको छु।

खोप अभियानले नेपालमा कोरोनाविरुद्धको लडाइमा एउटा रणनीति तयार गरिदिएको छ। अब यसको प्रतिरोधी क्षमता कस्तो बन्ला भन्ने विषय अन्यनको विषय बन्ला।

भारत सरकारको अनुदानमा नेपालले ल्याएको कोरोनाविरुद्धको भ्याक्सिन सरकारले सर्वप्रथम म जस्ता स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनर दिने निर्णय गरेकोमा हृदयदेखनी नै आभार व्यक्त गर्न चाहन्छु।

कोरोनाविरुद्धको लडाइमा आम सर्वसाधारणका लागिसमेत खोपको व्यवस्था सरकारले गराउनुपर्छ। अहिलेसम्म १८ वर्षभन्दा माथिका व्यक्तिका लागि उक्त खोप लगाउन मिल्ने भनिएको छ।

१८ वर्षभन्दा कम उमेरका व्यक्तिमा यसको प्रयोगबारे अध्ययन अनुसन्धान भइनै रहेको छ। हालसम्म अध्ययनकै विषय भएका कारण नै गर्भवती महिला तथा स्तनपान गराउने महिलालाई कोरोना खोप नलगाउनु भनिएको हो।

पहिलो डोज खोप लगाएका व्यक्तिमा शारीरिक समस्या देखिए अर्थात् त्यसले रियाक्सनमा दोस्रो डोजको खोप लगाउनुहुँदैन भनिएको हो।

खोपका कारण देखिने नकारात्मक प्रभाव तथा त्यसपछिको उपचारका लागि सरकारले व्यवस्थापन गर्ने भनेको छ यसका साथै शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पाल, टेकुले पनि त्यसको व्यवस्थापन गर्नेछ।

खोपका कारण देखिने मुख्य समस्या भनेको श्वासप्रश्वास त्यसका अतिरिक्त रक्तचाप घट्नु पनि कोरोना खोपका कारण देखापर्ने नकारात्मक समस्या हो।

स्वास्थ्यकर्मीको मनोबल बढाउने तथा फ्रन्टलाइनरले अरुलाई कोरोना सार्न सक्ने जोखिम न्यूनीकरणका लागि पहिलो चरणमा स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरमा कोरोना खोप लगाएको भएपनि सर्वसाधारणमा पनि यसको पहुँच पुर्‍याउने घोषणा नेपाल सरकारले गरिसकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय