कोरोना खोपसँगै मुस्काएका स्वास्थ्यकर्मी अनुहार

बुधबार कोरोना विरुद्दको खोप लगाइरहदा अधिंकास स्वास्थ्यकर्मीमा अनुहार चम्किएको थियो।

बिहान १० बजेबाट देशभरका १ सय २० भन्दा बढी स्वास्थ्यसंस्थामा एकैसाथ सुरू हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिउँसो १ सम्मको तथ्यांकअनुसार प्रदेश १ मा १२७, प्रदेश २ मा ५४० , बागमती प्रदेशमा १ हजार २ फन्टलाइनरले खोप लगाइसकेका छन्।

त्यसैगरी, गण्डकी प्रदेशमा ३ सय ६, लुम्बिनी प्रदेशमा २ सय २३, कर्णाली प्रदेशमा ३ सय ९८ र सुदुरपश्चिम प्रदेशमा ३ सय ५ जनाले खोप लगाएका छन्।

तर, खोप लगाएको मध्ये हालसम्म कसैलाई कुनै समस्या नआएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

एक वर्ष संसारलाई आलस तालस खेलाउँदै चिकित्साविज्ञानलाई चुनौती दिएको कोरोना भाइरसविरुद्धको खोप लगााउन पाउँदा सबै स्वास्थ्यकर्मी खुसी थिए। बुधबार कोरोना विरुद्वको खोप ९कोभिशिल्ड० २ हजार ९ सय १ जनाले लगाएका छन्।

त्यो खुसी अनुहारलाई हेल्थपोष्टकर्मी दिनेश गोलेले यसरी क्यामेरामा कैद गरेका छन् :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय