नेपालमा २८३ संक्रमित थपिए, थप २४६ ले जिते कोरोना

नेपालमा पछिल्लो २४ घन्टामा २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कूल संक्रमित संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयमा थप २ सय ४६ जना संक्रमण मुक्त भएका छन्। योसँग संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख ६५ हजार ६९ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप तीन जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या २ हजार २० पुगेको छ।

देशभर हाल ३ हजार २ सय ८६ जना सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय