२ हजार ९ सयले लगाए कोरोना खोप, कसैलाई पनि समस्या देखिएन

बुधबार कोरोना विरुद्वको खोप (कोभिशिल्ड) २ हजार ९ सय १ जनाले लगाएका छन्।

बिहान १० बजेबाट देशभरका १ सय २० भन्दा बढी स्वास्थ्यसंस्थामा एकैसाथ सुरू हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिउँसो १ सम्मको तथ्यांकअनुसार प्रदेश १ मा १२७, प्रदेश २ मा ५४० , बागमती प्रदेशमा १ हजार २ फन्टलाइनरले खोप लगाइसकेका छन्।

त्यसैगरी, गण्डकी प्रदेशमा ३ सय ६, लुम्बिनी प्रदेशमा २ सय २३, कर्णाली प्रदेशमा ३ सय ९८ र सुदुरपश्चिम प्रदेशमा ३ सय ५ जनाले खोप लगाएका छन्।

तर, खोप लगाएको मध्ये हालसम्म कसैलाई कुनै समस्या नआएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

सरकारले देशभरका ३ सयभन्दा बढी खोप केन्द्रबाट ४ लाख ३० हजार फन्टलाइनरलाई खोप दिने योजना बनाएको छ।

पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायतका अगं्रपङ्तिmमा खटिएका हरुलाई १० दिनभित्र खोप दिने मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय