भक्तपुर अस्पतालमा मेसु गौतमले लगाइन् पहिलो खोप

भक्तपुरमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। बुधबार दुधपाटीमाअवस्थित भक्तपुर अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका टोलीको सहभागितामा खोप अभियानको सुरुवात गरिएको हो।

भक्तपुरमा भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले पहिलो खोप लगाएकी छन्।

भक्तपुरका दुई अस्पतालमा खोप केन्द्र रहनेछन्। चाँगुनारायण र भक्तपुर नगरपालिकाका लागि भक्तपुर अस्पताल तथा सुर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा खोप केन्द्र तोकिएको छ।

कोरोनाविरुद्ध पहिलो चरणको खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप लगाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय