निर्धक्क भएर खोप लगाए : डा. सागरराज भण्डारी

Doctors and staff of Taku Hospital getting a COVID-19 Vaccine at Taku Hospital on Wednesday, January 27, 2021.

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारी सबैलाई निर्धक्क भएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।

भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपको पहिलो डोज लगाइसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै डा. भण्डारीले अहिलेसम्म यो खोप लगाउँदा कुनै अप्रिय घटना नघटेकाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका हुन्।

‘धेरै समयको परखाइपछि हामीले कोरोना खोप लगाउन पाएका छौं। निकै खुशी लागिरहेको छ’, उनले भने, ‘यसलाई हामीले खोप इतिहासकै सफलताको रूपमा लिनुपर्छ। यो खोपले कुनै गम्भीर प्रकारका असर नदेखाएकाले ढुक्क भएर लगाउँदा हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय