बुटवलमा मेसु डा. राजेन्द्र खनालले लगाए पहिलो खोप

हेल्थपोस्ट नेपाल

लुम्बिनी प्रदेशमा पनि कोभिडविरुद्धको खोप अभियान सुरु गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरु गरेका छन्।

कार्यक्रममा पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाएका छन्। उनका साथै अस्पतालका अरू १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाउदैछन्।

लुम्बिनी प्रदेशका लागि ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले बताए। उनका अनुसार सबैभन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ।

बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध हुने छ। त्यसै गरी दाङमा ६ हजार ५ सय ९०, कपिलबस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप छुट्याइएको छ।

त्यसै गरी नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *