झापामा कोरोनाविरुद्धको पहिलो खोप डाक्टर मनिषले लगाए

झापामा कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउन सुरु भएको छ। मुलुकमा पहिलोपटक टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले खोप लगाएको केही मिनेटभित्रै झापामा खोप लगाउन सुरु भएको हो।

मेची प्रादेशिक अस्पतालका डा. मनिष सुबेदीले खोप लगाएका छन्। उनी झापामा सो खोप लगाउने पहिलो व्यक्ति भएका छन्।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले खोप लगाउने अभियानको सुरु गरेका हुन्। स्वास्थ्यकर्मीको टोलीले डा. सुबेदीको देब्रे पाखुरामा खोप लगाएका थिए।

मेची प्रादेशिक अस्पतालमै खोप कार्यक्रम सञ्चालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय