सुदूरपश्चिममा स्वास्थ्य निर्देशकबाट सुरु भयो खोप अभियान

हेल्थपोस्ट नेपाल

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले पहिलो खोप लगाएर खोप अभियानको सुरुवात गरेका छन्।

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेपछि पहिलो खोप स्वास्थ्य निर्देशक अवस्थीले लगाएका हुन्। काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेपछि मुख्यमन्त्री भट्टले पनि अभियान शुभारम्भ भएको घोषणा गरेका हुन्।

कैलालीमा दुईसहित प्रदेशका १० वटा खोप केन्द्रमार्फत अभियान सुरु भएको घोषणा गरिएको छ।

संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोनाविरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको थियो। आइतबार संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेरेटर भ्यानमार्फत प्रदेशका १६ हजार २ सय ९३ जनालाई २ चरणमा लगाउन मिल्नेगरी कोरोना विरुद्धको खोप पठाएको सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *