नेपालमा कोरोना खोप लगाउन सुरु, डा. राजभण्डारीले लगाए पहिलो खोप

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएको छ। भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ को १० लाख डोज भारतले नेपाललाई उपहार पठाएको थियो।

खोप सुरुवात गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन्।

राष्ट्रपतिको सन्देश स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पढेर सुनाएका थिए।

‘विश्वमा कोभिड १९ विरुद्धको खोपको समुचित वितरण हुनुपर्छ भन्ने नेपालको स्पष्ट दृष्टिकोण रहँदै आएको छ’, उनले सन्देशमा भनेकी छिन्, ‘नेपाल सरकारले सबै जनतालाई नि:शुल्क खोप लगाउने व्यवस्था गरेकोमा सह्राना व्यक्त्त गर्दछु।’

सुरुमा यो खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीहरूलाई दिने योजना सरकारले बनाएको छ। देशभरी यो खोप पुगिसकेको छ।

नेपालमा खोपको पहिलो डोज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् ।

उनले खोप लगाउँदै खुशी लागेको प्रतिक्रिया दिएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *