सुदूरपश्चिमका ९ वटै जिल्लामा कोरोनाविरुद्धको भ्याक्सिन पठाइयो

सुदूरपश्चिम प्रदेशमा पठाइएको कोरोनाविरुद्धको भ्याक्सिन मंगलबार सबै जिल्लामा पठाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशका लागि पठाएको ३६ हजार डोज भ्याक्सिन मध्य १८ हजार डोज ९ वटै जिल्लामा वितरण गरिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्र सिंह कार्कीले बताए।

कोरोनाविरुद्धको भ्याक्सिन जिल्लामा पठाइएसँगै बुधबारदेखि खोप अभियान सुरु हुने प्रबक्ता कार्कीले बताए। कार्कीका अनुसार ९ वटै जिल्लामा वितरण गरिएको भ्याक्सिन १६ हजार २ सय ९३ जनालाई लगाउन पुग्ने छ। ‘वितरण गरिएको खोपको १० प्रतिशत विग्रन सक्ने अनुमान गरिएको छ,’ प्रबक्ता कार्कीले भने, ‘केही मात्रा विग्रन सक्ने हुँदा सवै क्षत्रमा १० प्रतिशत डोज थपेर पठाइएको छ।’

उनले बुधबारदेखी कैलाली र कञ्चनपुरमा खोप लगाउन सुरु गरिने उनले बताए।

कार्कीका अनुसार कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ। प्रदेशका अन्य ८ वटा जिल्लामा भने जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएको छ। जिललामा पठाइएको खोप ५ दिनभित्र लगाइसक्ने लक्ष्य लिइएको कार्कीले बताए।

कार्कीका अनुसार कैलालीमा तीन हजार सात सय ३७, कञ्चनपुरमा दुई हजार पाँच सय ४५, बैतडीमा एक हजार नौं सय ९६, अछाममा एक हजार ८ सय ७१ र डोटीमा एक हजार चार सय ६१ जनालाई पहिलो चरणको खोप लगाउने तयारी गरिएको छ। यसैगरी बझाङमा एक हजार चार सय नौं, दार्चुलामा एक हजार दुई सय ५१, डडेल्धुरामा एक हजार एक सय ३५ र बाजुरामा ८ सय ९० जनालाई खोप लगाईने प्रवक्ता कार्कीले बताए।

पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई निःशुल्क रूपमा लगाउने प्रदेश सरकारको तयारी छ। शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप नलगाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम विष्टका अनुसार संघिय सरकारबाट प्राप्त भएको ३६ हजार डोज मध्य १८ हजार डोज भ्याक्सिन भने आपूर्तिकेन्द्रमै भण्डारण गरिएको छ। हाल प्रदेशमा ९ वटै जिल्लाबाट उपलब्ध तथ्याङ्कका आधारमा भ्याक्सिन पठाइएको बताउँदै उनले आपूर्तिकेन्द्रमा भण्डारण गरिएको डोज दोश्रो चरणमा वितरण गरिने बताए।

‘एक पटक खोप लगाएका व्यक्तिलाई दोश्रो चरणमा खोप लगाउनु पर्दछ,’ आपूर्तिकेन्द्रका निमित्त प्रमुख विष्टले भने, ‘हाल भण्डारण गरिएको भ्याकिसन दोश्रो चरणमा वितरण हुनसक्दछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय