नेपालमा ३०३ संक्रमित थपिए, थप ६ को मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा ३ सय ३ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कूल संक्रमित संख्या २ लाख ७० हजार ९२ पुगेको छ।

सोही समयमा २ सय ८५ जना संक्रमण मुक्त भएका छन्। योसँगै कूल संक्रमण मुक्त हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ।

नेपालमा थप ६ जनाले ज्यान गुमाएका छन्। योसँगै ज्यान गुमाउनेको कूल संख्या २ हजार १७ पुगेको छ। हाल देशभर ३ हजार २ सय ५२ सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय