पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना खोप व्यवस्थापन समिति

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना खोप लगाएपछि उत्पन्न हुने स्वास्थ्य समस्यालाई व्यवस्थापन गर्नका लागि समिति गठन गरेको छ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार पहिलो चरणमा अग्रपङ्तिमा कार्यरत कर्मचारीलाई खोप लगाइने छ। खोप लगाइसकेपछि कुनै स्वास्थ्य समस्या देखिए त्यसको व्यवस्थापनको लागि समिति गठन गरिएको अस्पतालले जनाएको छ।

समितिको संयोजकमा अस्पतालका निर्देशक डा. अर्जुन आचार्य रहेका छन्। यस्तै सदस्यमा सरिता कार्की, डा. शरद चन्द्र वराल, डा. कृष्णराज अधिकारी, डा. कमल कुमाल, डा. रामहरी दाहाल, डा. अंगना पराजुली, जमुना शर्मा, राधिका रेग्मी, टंक बहादुर शाही रहेका छन्।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय