मोडर्नाको खोप नयाँ प्रकारको कोरोना भाइरसका लागि प्रभावकारी

मोडर्नाले आफूले निर्माण गरेको खोप नयाँ प्रकारको कोरोना भाइरससँग पनि लड्न सक्षम रहेको दाबी गरेको छ।

कम्पनीकाअनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको हो।

थप अध्ययनहरू भने सो खोप लगाएका मानिसहरुबाटै गर्नुपर्ने बताइएको छ। वैज्ञानिहरूले नयाँ प्रकारको भाइरसमासमेत काम गर्ने विश्वास गरेपनि उत्तिकै क्षमतामा गर्छ वा गर्दैन भन्ने थाहा हुन बाँकी छ। तर, सुरुवाती परिक्षणमा भने यो केही प्रभावकारी देखिएको छ।

भाइरसको बदलिँदो स्वरुप वैज्ञानिहरुका लागि टाउको दुखाइको विषय भएको छ। नयाँ प्रकारको भारइरस बेलायतबाट सुरु भएको र यो पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय