स्वास्थ्य मन्त्रालयका सहसचिव रेग्मीलाई कोरोना, आइसियुमा उपचार हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव दामोदर रेग्मीको आइसियुमा उपचार भइरहेको छ। कोरोना संक्रमण भएपछि टेकु अस्पताल भर्ना भएका रेग्मीको आइसियुमा उपचार भइरहेको हो।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले तीन दिनअघि अस्पताल भर्ना भएका रेग्मी कडा निमोनिया देखिएको थियो।

‘उहाँलाई कडा निमोनिया देखिएको छ,’ डा. राजभण्डारीले भने, ‘अहिले आइसियुमा उपचार भइरहेको छ।’ डा. भण्डारीको अनुसार रेग्मीलाई ‘रेमडेसिभिर’ तथा प्लाज्माथेरापीबाट उपचार भइरहेको छ।

‘उहाँ अस्पताल भर्ना हुँदा स्वास्थ्य अवस्था गम्भीर थियो,’ डा. राजभण्डारीले भने, ‘अहिले औषधि चलाएका छौं। स्वास्थ्य सुधार हुँदै गएको छ।’

भारत सरकारले दिएको कोरोना खोप उपहार हस्तान्तरण कार्यक्रममा एयरपोर्ट पुगेका रेग्मीको स्वास्थ्यमा एक्कासी समस्या देखिएको थियो।

उनलाई त्रिभुवन विमानस्थलबाट माघ ८ गते सोझै वीर अस्पताल पुर्‍याइएको थियो। पिसिआर गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

रेग्मीको स्वास्थ्य जटिल हुँदै गएपछि वीर अस्पतालले टेकु रिफर गरेको थियो।

हाल टेकुमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। त्यसमध्ये ११ जना आइसियु र २ जना भेन्टिलेटरमा उपचार भइरहेको अस्पताले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय