बुटवलमा बन्ने भो प्रदेश जनस्वास्थ्य प्रयोगशाला

बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्माण हुने भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरस्थित गणेश टोल विकास संस्थाको परिसरमा निर्माण हुन लागेको उक्त प्रयोगशाला भवनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिलान्यास गरेका छन्।

भवनको शिलान्यास गर्दै मन्त्री बरालले सामान्य प्रयोगशाला जाँचको लागि काठमाडौं जाने भन्झटबाट अब यस क्षेत्रका बिरामीले मुक्ति पाउने बताउँदै सबैका लागि स्वास्थ्य सेवा सर्वसुलभ गराउन प्रदेश सरकार लागि परेको बताए। प्रयोगशाला निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने सेभ द चिल्ड्रेनलाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रदेश सरकारकातर्फबाट धन्यवाद व्यक्त गरे।

भवन निर्माणका लाागि बुटवल उपमहानगरपालिले जग्गा प्रदान गरेको हो। मन्त्री बरालले भवन निर्माण सम्पन्न भए पश्चात कर्मचारी व्यवस्थापन लगायतका काम मन्त्रालयबाट नै गरिने पनि बताए।

कार्यक्रममा बोल्दै बुटवल उप महानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले कोभिड महामारीको समयमा हाम्रो घरदैलोमा यसरी प्रयोगशाला निर्माण हुनु खुशीको कुरा भएको बताइन। उनले निर्माण कम्पनीले समयमा नै भवन निर्माण सम्पन्न गरि हस्तान्तरण गरिदिनका लागि आह्वान पनि गरिन्।

सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिमबहादुर सिंहले प्रदेश सरकार मन्त्री स्तरको बैठकबाट पारित भए बमोजिम बुटवल उपमहानगरपालिकाबाट प्रप्त करिब १ विगाहा जग्गामा बन्न लागेको हो। जनस्वास्थ्य प्रयोगशालाको ४ तल्ले भवन आधुनिक, सुविधा सम्पन्न हुने उनले जानकारी दिए। उनले उक्त भवन आउने सेप्टेम्बर २०२१ सम्ममा सम्पन्न गर्ने गरि कार्य अगाडि बढाइने जानकारी पनि दिए।

अहिले भैरहवामा रहेको गहुँबाली अनुसन्धान केन्द्र क्षेत्रमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरि कोभिड १९ को परीक्षणको काम हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय