कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा. सागर राजभण्डारीलाई

कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ भोली बुधबारदेखि देशभर सुरू हुँदै छ।

पहिलो चरणमा फन्टलाइनमा खटिएका सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप लगाइने तयारी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोली १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियान सुरू गर्न जनाइएको छ।

काठमाडौ उपत्यकामा भोली ३ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुदै छ।

मन्त्रालयका अनुसार शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पतालबाट भोली खोप अभियान सुरू हुँदै छ।

ओलीले भर्चूअल माध्यमबाट सुरू गरेपछि पहिलो चरणमा सातै प्रदेशका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट एकैसाथ कोरोना भाइरस विरुद्धको खोप अभियान संचालन गरिने मन्त्रालयले जनाएको छ।

कोभिड– १९ विरुद्धको पहिलो खोप शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन्।

‘सरकारी अस्पतालको प्रतिनिधत्व टेकु अस्पतालले गर्ने छ,’ डा. राजभण्डारीले हेल्थपोष्ट सँग कुराकानीमा भने, ‘कोरोना विरुद्दको खोप म नै लगाएर सुरू गर्ने छु।’
डा. राजभण्डारीले लगाएपछि त्रमश अन्य स्वास्थ्यकर्मीलाई खोप दिइने छ।

‘अहिले खोपलाई लिएर केही नकारात्मक सन्देशहरू पनि आइरहेका छन्। स्वास्थ्यकर्मीहरू पनि अन्यौलमा देखिएका छन्। यसरी मैले सुरूमा खोप लगाएपछि अन्य स्वास्थ्यकर्मीहरूले लगाउनुहुन्छ, ‘ उनले भने।

‘खोपको प्रभावकारिता राम्रो छ। कोही स्वास्थ्यकर्मी पनि केही हुन्छ कि भन्ने भ्रम नपर्नु होला,’ डा. राजभण्डारी भन्छन्, ‘निर्धक्क भएर लगाउन सबै फन्टलाइनम खटिएका स्वास्थ्यकर्मीले खोप लगाउनुहोस्।’

टेकु अस्तपालबाट झन्डै २५ सय जना फ्रन्टलाइनरलाइ खोप लगाइने छ। जसमा अस्पतालका स्वास्थ्यकर्मी, काठमाडौं महानगरपालिका स्वास्थ्यकर्मी र सफाइकर्मी छन्।

उनले बिहान १० बजेदेखि २ बजेसम्म खोप सेवा प्रवाह गरिने बताए।

यो खोपको प्रभावकारिता ७० देखि ९१ प्रतिशत सुरक्षित भएकाले सुरक्षित भएको अध्ययनले देखाएको छ।

नेपालले पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने मन्त्रालयको तयारी छ। दोस्रो डोज जति ढिला लगायो यसको प्रभावकारिता त्यति बढी हुने विज्ञले बताउँदै आएका छन्।

गत वर्षको ९ माघमा नेपालमा कोभिडको पहिलो केस देखिएको थियो । संक्रमित व्यक्ति ज्वरो र खोकीको समस्या लिएर उपचारका लागि टेकु अस्पताल पुगेका थिए । कोभिड पुष्टि भएपछि टेकु अस्पतालमै राखेर उनको उपचार गरिएको थियो ।

सोमबारसम्म देशभर दुई लाख ६९ हजार सात सय ८९ जनामा संक्रमण देखिएको छ ।

उनीहरूमध्ये दुई लाख ६४ हजार पाँच सय ३८ जना निको भएर घर फर्किसकेका छन भने तीन हजार दुई सय ४० संक्रमित उपचाररत छन्। संक्रमणबाट अहिलेसम्म दुई हजार ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय