‘सेक्स’ गर्दा श्रीमानलाई यसरी खुशी राख्न सकिन्छ

हेल्थपोस्ट नेपाल

सामान्यतया बिस्तारामा श्रीमानसँग कुरा गर्न श्रीमति हिचकिचाउने गर्छन्। र, आफूलाई पुरुपमा पूर्ण रूपमा समर्पण गरिदिन्छन्। तर, सधै यस्तो गर्दा मानिसको सेक्स लाइफ निरस हुन सक्छ।

मानिसमा शारीरिक सम्बन्धका क्रममा पुरुषले नै महिलालाई खुशी राख्नुपर्छ भन्ने मान्यता छ। तर, यो मान्यता गलत हो। आफ्नो पार्टनरलाई खुशी राख्ने जिम्मेवारी महिलाको पनि उत्ति नै हुन्छ। त्यस्तै पनि महिलामा प्राकृतिक रूपमा खुशी पार्नसक्ने गुण हुन्छ। यसैमा केही नयाँपन ल्याउने हो भने आनन्द बढ्न पुग्छ।

आकर्षक कपडा लगाउने

श्रीमानलाई आफ्नोतिर आकर्षक गर्नका लागि सेक्सी तथा आकर्षक कपडा लगाउनुपर्छ। जसले महिलाको शरीर आकर्षक देखियोस्। बिस्तारामा पतिलाई आफूतिर आकर्षित गर्नका लागि स्लिवलेस गपाउन, नेट गाउन, लन्जरी जस्ता लुगा लगाउन सकिन्छ। यस्ता पहिरनले बिस्तारामा श्रीमानलाई आफूतिर आकर्षित गर्न मद्दत गर्छन्।

रमाइला कुरा गर्ने

शारीरिक सम्बन्धभन्दा पहिले श्रीमानसँग रमाइला कुरा गर्नुपर्छ। जसले गर्दा श्रीमानको मुड राम्रो गर्छ। र, शारीरिक सम्बन्धका लागि तयार हुन टेवा पुग्छ। सेक्ससँग जोडिएका रमाइला कुरा गरेर पनि श्रीमानलाई आफूतिर आकर्षित गर्न सकिन्छ। यसले शारीरिक सम्बन्धमा आनन्द मात्रै दिँदैन मानिसमा रोमान्टिकपन थपिदिन्छ।

श्रीमानका अंगसँग खेल्ने

सेक्सभन्दा पहिले बिस्तारामा रोचक कुरा गर्दै शरीरका अंगसँग खेल्नुपर्छ। जस्तो कान, घाटी आसपास चुम्मन गर्ने। खुट्टा, पिठ्यु वा कुनै अंगलाई विस्तारै स्पर्श गर्ने। जसले श्रीमानलाई उत्तेजित गर्न मद्दत गर्छ। आफ्नो हातले श्रीमानको हातलाई जोरसँग समात्नुपर्छ। यस्तो गर्दा श्रीमानलाई रोमान्टिक मुडमा ल्याउन सकिन्छ। र, दुबै रमाइलो मुडमा आलिङगनमा बाधिन पुग्छन्।

चुम्मन गर्ने

सेक्सको सुरुवात राम्रो चुम्मनबाट गर्ने। सिधै शारीरिक सम्बन्ध राख्नुभन्दा पहिले केही समय दिनु राम्रो हुन्छ। श्रीमानलाई प्रेमिल चुम्मन गर्दा मुड नै फ्रेस हुन्छ। यदि तपाईको श्रीमानले वाइल्ड सेक्स रुचाउनुहुन्छ भने कुनै नयाँ पन दिएर चुम्मन गर्नुपर्छ। गहिराईसँग चुम्मन गर्दा श्रीमानमा उत्तेजना बढ्न जान्छ। यसो गर्दा श्रीमानले रमाइलोसँग सेक्सको आनन्द लिन सक्छन्।

आफ्नो उत्तेजित अनुहार देखाउने

सेक्स गर्दा तपाइलाई चरम आनन्द आइरहेको भए यसको झलक श्रीमानलाई देखाउनुपर्छ। तपाई कन्ट्रोल गर्न नसक्ने अवस्थामा पुग्नुभएको भए आफ्नो श्रीमानलाई त्यो पल देखाइदिनुपर्छ। कामुक अनुहारले श्रीमानलाई अझै उत्तेजित पार्छ। जसले तपाईको श्रीमान तपाईको यो रूपले कति खुशी छन् भन्ने अन्दाज गर्न पनि सकिन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *