लुम्बिनीमा प्रदेशमा दुई चरणमा यी केन्द्रबाट खोप लगाइने

लुम्बिनी प्रदेशमा दुई चरणमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। सामाजिक विकास मन्त्रालयमा सोमबार बसेको प्रदेश समन्वय समितिको बैठकले माघ १४ गतेदेखी तराईका ६ जिल्ला र १८ गतेदेखि पहाडका ६ जिल्लामा खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

टेकुस्थित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरबाट लुम्बिनी प्रदेशको लागि पठाइएको ३९ हजार ४ सय ९५ डोज कोभिसिल्ड खोप बुटवल आइपुगेपछि प्रदेश सरकार त्यसको तयारीमा लागेका छ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव भरतमणी सुवेदीको अध्यक्षतामा वसेको बैठकले खोप केन्द्रहरू तोकेको छ।

पहिलो चरणको खोप अभियानको लागि रुपन्देहीको भीम अस्पताल भैरहवा, लुम्विनी प्रादेशिक अस्पताल बुटवल, नवलपरासीको पृथ्वीचन्द्र अस्पताल, कपिलवस्तु अस्पताल तौलिहवा, बांकेको भेरी अस्पताल नेपालगन्ज, दाङको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, बर्दियाको वर्दिया अस्पताल गुलरिया खोप केन्द्र तोकिएको छ।

त्यसैगरी दोश्रो चरणको अभियानको लागि पाल्पाको पाल्पा अस्पताल तानसेन, रामपुर अस्पताल पाल्पा, अर्खाखाची अस्पताल, गुल्मी अस्पताल तम्घास, रोल्पा अस्पताल रेउघा, प्युठान अस्पताल विजुवार रुकुमपुर्व अस्पताल रुकुमकोटलाई खोप केन्द्र तोकिएको छ।

विहान १० बजेदेखीबाट खोप अभियान सुरु हुने छ।

खोप केन्द्रमा न्यूनतम तीनजना खोप लगाउने स्वासथ्यकर्मी, एकजना चिकित्सक र तीनजना स्वयमसेवक खटाइने भएको छ।

केन्द्रबाट आएको खोप स्टोर गरी राखिएको र खोप खोप केन्दमा पठाउने तयारी गरिसकेका प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवल निर्देशक दिनेश कुमार चापागाईले जानकारी दिए।

लुम्बिनी प्रदेशमा खोप अभियानको लागि संघिय सरकारले ससर्तमा ५ करोड रुपैयाँ उपलव्ध गराएको सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थले जानकारी दिए।

समितिले माघ १३ गते मंगलबार नेपालगंज र बुटवलमा एकपटक खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम गर्दैछ। जसमा खोप अभियानमा खट्ने स्वास्थ्यकर्मी, चिकित्सक, स्वयसेवक सहभागी हुनेछन्। सामाजिक विकास मन्त्री सुदर्शन बरालले खोप अभियानलाई प्रभावकारी रूपमा संचालन गर्न कर्मचारीहरूलाई निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय