देशभर ३३९ संक्रमित थपिए, थप १० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमित संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ।

सोही अवधिमा थप ४ सय १ जनाले संक्रमण जितेका छन्। योसँगै संक्रमण मुक्त हुने कूल संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ।

पछिल्लो २४ घन्टमा थप १० जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा हालसम्म कूल २ हजार ११ संक्रमितको मृत्यु भएको छ।

हाल देशभर ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय