देशैभरका स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाउन तालिम दिइँदै

सरकारले आज देशैभरका ६ सयभन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको खोपका लागि तालिम दिइरहेको छ। बुधबारबाट देशभर हुने कोरोना भाइरस विरुद्धको खोप अभियानका लागि सरकारले स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिरहेको हो।

कोरोनाविरुद्धको खोप र यसका लागि अपनाउनुपर्ने सवाधानी, खोप खेर जान नदिन के गर्ने? भन्नेबारे स्वास्थ्यकर्मीहरूलाई खोपसम्बन्धी तालिम दिन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका दुईजना स्वास्थ्यकर्मी तालिम लिइरहेका छन्। अन्य ७४ जिल्लामा ४ सय स्वास्थ्य कर्मीले प्रशिक्षण लिइरहेकोमा उनीहरूलाई भर्चुअल विधिबाट तालिम दिइँदै छ। उपत्यकाका तीन जिल्लामा भौतिक उपस्थितिमा तालिम दिइने छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित वेगन भिल्ला, ललितपुरको पाटन अस्पताल र भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा तालिम सञ्‍चालन भइरहेको छ। खोप तालिममा जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, खोप फोकल पर्सन, कोलचेन अधिकृतहरू र जिल्ला अस्पताल प्रमुख सहभागी छन्।

यस्तै, सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख, प्रदेशका कोलचेन अधिकृतहरू तालिममा सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय