टिचिङ अस्पतालले जन्मजात खुँडे बालबालिकाको निःशुल्क शल्यक्रिया गर्ने

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ १२ गते १०:५२

महाराजगञ्जस्थित त्रिभुवन  शिक्षण अस्पताल जन्मजात खुँडे बालबालिकाको निःशुल्क शल्यक्रिया गर्ने भएको छ।

शिक्षण अस्पतालको प्लाष्टिक सर्जरी तथा बर्न विभागको पहलमा उक्त शल्यक्रिया हुन लागेको  हो।

प्लाष्टिक सर्जरी तथा बर्न विभागले स्माइल ट्रेन नामक अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा बालबालिकाको शल्यक्रिया गर्ने लागेको डा. ईश्वर लोहनीले हेल्थपोष्ट नेपाललाई बताए।

‘यो कार्यक्रम अघिल्लो वर्ष देखि सुरू भएको हो। कोरोनाका कारण हामीले एक केशको मात्र शल्यक्रिया गरेका थियौँ,’डा लोहनीले भने, ‘ जन्मजात खुँडे बालबालिकाको जनावरी देखि डिसेम्बर सम्मनिशुल्क शल्यक्रिया गछौँ।’

जन्मजात ओठ वा तालू बिग्रिएका बालबालिकाको निःशुल्क शल्यक्रिया हुने हुँदा समयमै बिरामी अस्पताल आउनको लागि डा. लोहनीले आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय