‘इम्युनिटी’ बढाउन चाहनुहुन्छ : यस्ता खानेकुरा खानुस्

Fruit, drink, grape.

आजभोली मानिसमा थुप्रै रोगको संक्रमण हुनथालेको छ। कुन बेला कुन रोगले आफ्नो सिकार बनाउँछ भन्ने त्रासमा सधै रहन्छ मान्छे। पछिल्लो समय त झनै कोरोना महामारिका कारण मानिसमा यो चिन्ता थपिँदो छ।

त्यसैले पछिल्लो समय मानिस आफ्नो इम्युनिटी पावरलाई कसरी बलियो बनाइराख्ने भन्ने कुरामा सजग छ। अहिले मानिसले शरीरलाई फाइदा पुर्याउने थुप्रै चिजको प्रयोग गरिरहेका छन्। हामीले धेरै स्वास्थ्यलाई फाइदा पुग्ने र कमजोरी महशुस नहुने खानेकुरामा ध्यान दिनुपर्छ।

त्यस्तै खानेकुरा मध्ये एक हो दुध। दुधले हामीलाई थुप्रै फाइदा पुगाउँछ। डाक्टरले पनि दुध सेवको सल्लाह दिइरहेका हुन्छन्। यसमा हाम्रो शरीरलाई फाइदा पुग्ने थुप्रै तत्व पाइन्छ।

दुधमा क्याल्सियम, प्रोटिन, राइबोफ्लेविन जस्ता थुप्रै चिज पाइन्छन्। यी सबै तत्वले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छन्। र, हाम्रो शरीरमा रोग लाग्नबाट समेत जोगाउँछन्। राति सुत्नुभन्दा पहिले हल्दी दुध वा बिहान नास्तामा दुधको सेवन गर्दा थुप्रै लाभ लिन सकिन्छ।

यस्तै आलुलाई पनि हामीले हाम्रो खानामा कुनै न कुनै रूपमा सामेल गर्नुपर्छ। आलुलाई फ्राइगर्नुको साटो ब्वाइल गरेर सेवन गर्न पनि सकिन्छ। आलुको सेवन गर्दा हामीमा कमजोरी पन आउँदैन। यसमा थुप्रै खनिज लवण, प्रोटिन, कार्बोहाइड्रेड पाइन्छ। यसको सेवन गर्दा हाम्रो शरीरलाई थुप्रै पाइदा हुन्छ।

नारिवल पानी पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ। यसले थुप्रै रोगलाई टाढा गर्छ। एक ग्लास नारिवल पानीमा दुई ग्लास जुसमा हुने तत्व हुन्छ। यसको सेवनबाट हाम्रो शरीरमा पानीको कमी पनि हुँदैन। साथै यसमा थुप्रै पौष्टिक तत्व हुन्छ। जसले हाम्रो शरीरमा रोगसँग लड्ने क्षेमतामा बृद्धि गर्छ। यसमा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन सी, ए र ई जस्ता तत्व हुन्छन्।

यस्तै मेवा पनि शरीमार शक्ति प्रदान गर्नका लागि निकै लाभदायक फल हो। यसले हाम्रो पेटलाई सफा राख्न मद्दत गर्छ। यसमा पाइने भिटामिनले शरीरलाई थुप्रै फाइदा पुग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय