उपत्यकाका यी ११ अस्पतालमा कोरोना खोप लगाइने

 

माघ १४ गतेदेखि भारतले उपहार दिएको कोरोना खोप लगाउने तयारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ।

जसका लागि आज सातै प्रदेशमा खोप ढुवानी गरिएको छ।

१४ गते हुने सुरू हुने खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्ने छन्।

पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

उनका अनुसार खोपको प्राथमिकता फन्टलाइनमा खटिएकालाई हुनेछ।

‘हामीले पहिलो चरणमा फन्टलाइनरमा खटेका मानिसलाई दिन्छौं,’ डा. गौतमले भने, ‘ त्यसपछि प्राथमिकताको आधारमा दिँदै जान्छौं।’

डा. गौतमका अनुसार सरकारले पहिलो प्राथमिकतामा फोहोरमैला कर्मचारी र सरसफाई कर्मचारी छन्। त्यसैगरी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने खोप दिने मन्त्रालयको तयारी छ।

खोप बाँकी रहेको खण्डमा भने जेलमा बस्ने कैदीलाई पनि खोप दिने सरकारको तयारी छ।

७ वटै प्रदेशमा पहिलो दिनमा ६२ वटा अस्पताल र १ सय २० बढी खोप केन्द्रबाट खोप अभियानको सुरुवात गर्ने मन्त्रालयको तयारी छ।
त्यसैगरी,उपत्यकाको हकमा ११ वटा अस्पतालबाट हुनेछ।

उपत्यकामा कहाँ-कहाँबाट हुन्छ खोप कार्यक्रम ?

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो दिन ११ वटा अस्पतालबाट खोप दिइने छ।

‘पहिलो दिन ११ वटा ठुला अस्पताल सुरू हुन्छ। अन्य खोप लगाउने केन्द्र क्रमश थपिँदै जान्छ,’ डा. गौतमले भने।

एक बुथबाट दैनिक एक सय जनालाई लगाउन सकिने मन्त्रालयले जनाएको छ।

‘पछिका दिनमा मेडिकल कलेजमा बुथ राखेर खोप दिने योजना छ। तर, निजि अस्पतालमा बुथ राख्दैनौ,’ डा. गौतमले भने, ‘खोप लगाउँदा भने सरकार र निजी अस्पतालका स्वास्थ्यकर्मीलाई एकै पटक दिन्छौ।’

पहिलो डोज १० दिनभित्रै लगाउने गरी मन्त्रालयको तयारी छ।

१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
२. वीर अस्पताल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. पाटन अस्पताल
५. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल
६. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
७. भक्तपुर अस्पताल
८. शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
९. काठमाडौं मेडिकल कलेज, जोरपाटी
१०. सशस्त्र प्रहरी बलम्बु अस्पताल
११. शहिद गंगालाल अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय