कोरोनाविरुद्ध खोप माघ १४ गते १० बजेबाट लगाइने

नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोप माघ १४ गते बुधबारबाट लगाउने भएको छ। सातै प्रदेशका मुख्यमन्त्रीसँग आज स्वास्थ्य मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्रालयले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरूलाई खोप लगाइने जनाएको हो।

मन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने बताए।

मन्त्री त्रिपाठीले मुख्यमन्त्रीहरूलाई कुनै समस्या भए १४ गते अगाडि नै समाधान गर्न निर्देशन दिएका थिए। उनको निर्देशनपछि मुख्यमन्त्रीहरूले आफूहरू खोपको लागि तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका थिए।

भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय