एमबिबिएसको शुल्क बढाउने विषय कुनै हालतमा स्वीकार्य हुँदैन : डा. केसी

चिकित्सा शिक्षा आयोगले एमबिबिएस लगायताका कार्यक्रमको शुल्क बढाउन सिफारिस गरेकोमा डा. गोविन्द केसीले आपत्ति जनाएका छन्।

डा. केसीले आइतबार एक विज्ञप्ति जारी गदै कोरोना महामारीले गर्दा विद्यार्थी र अभिभावकहरूको आर्थिक अवस्था दयनीय भएको अवस्थामा शुल्क बढाउन हुने बताएका छन्।

उनले यस्तो अवस्थामा बढाउनु अकल्पनीय भएको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने विज्ञप्ती मार्फत जनाएका छन्।

‘चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैरनाफामुलक हुनुपर्नेछ,’ उनले भनेका छन्, त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो, तर आयोग शुल्क बढाउने योजनामा लागि परेको छ।’

उनले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

आफूसँग सम्झौता भएबमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि केसीले माग गरेका छन्।

शैक्षिकसत्र २०७७–०७८ मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ शुल्क बढाउनु पर्ने प्रस्ताव चिकित्सा शिक्षा आयोग गरेको थियो। सो प्रस्तावलाई ओलीले अस्विकार गरेका थिए।

आयोगले शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै हाल ४० लाख २३ हजार २ सय ५० रुपैयाँ रहेको शुल्क वृद्धी गरी ४८ लाख रुपैयाँ बनाउन सिफारिस गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय