डा. भगवान कोइराला भन्छन्- मिर्गौलाले काम गर्न छोडेछ, शल्यक्रियापछि ठिक छु

हेल्थपोस्ट नेपाल

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले पथ्थरीका कारण मिर्गौलामा  समस्या देखिएको बताएका छन्।

केही समय अगाडि आफ्नो फेसबुकमा लेख्दै उनले सो समस्या भएर ह्याम्स हस्पिटलमा उपचार भइरहेको बताएका हुन्।

बुधबार बिहान २ बजेदेखि स्वास्थ्यमा समस्या देखिएको र असह्य पीडा भएपछि अस्पताल भर्ना भएको उनले जनाएका छन्। मिर्गौलाको पथ्थरीका कारण पिसाब नै बन्द भएको उनले जनाएका  छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले जीवनमा पहिलो पटक स्वास्थ्य समस्या भएका कारण मोबाइल अफ गरेर राखेको बताएका छन्।

४ एमएमका दुई वटा पथ्थरी आफ्नो मूत्रबाहिनी नदी र मिर्गोमा रहेको जानकारी दिँदै उनले आफूलाई यसबारे पहिले नै जानकारी नभएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पिसाब बन्द भएका कारण किड्नीले काम गर्न छोडेको थियो। सर्जनहरूले पथ्थरीलाई लेजर गरेको र ट्युब राखेर पिसाब सहजै निस्कन सहयोग भएकाे छ। यसको असर शरीर भरि फैलिएको थियो। म बेलुन जस्तै फुलेको थिएँ। मलाई ठिक हुन झण्डै दुई दिन लागेको थियो।’

हाल उनको स्वास्थ्यवस्थामा सामान्य सुधार आएको छ। यस्तो समयमा परिवार, साथीको सहयोग र उपचारमा खटिएका डाक्टरहरूको प्रेरणाले काम गरेको उनले बताए।

उनको मिर्गौलामा पत्थरीको समस्या देखिएको छ। पत्थरी शल्यक्रियामार्फत निकालिएको थियाे।

प्रा. डा. प्रेमराज ज्ञवाली, डा. सुमन चापागाईं र डा.सुजित पौडलको टोलीले कोइरालाको शल्यक्रिया गरेको थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *