कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजै सबै प्रदेशको भण्डारण केन्द्रमा पुर्‍याइने

स्वास्थ्य मन्त्रालयले आज कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

त्यसपछि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । सम्भवतः आगामी बुधबारदेखि नै खोप लगाउन सुरु गरिने मन्त्रालयले जनाएको छ।

गौतमले सात प्रदेश र ७७ जिल्लामा करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने छ।

काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ।

‘हामी ७७ जिल्लाबाट एकैसाथ सुरू गर्छौं। जिल्ला अस्पतालमा बुथ राखेर लगाइन्छ,’ डा। गौतमले भने, ‘जसका लागि हामीले ३ सय जति बुथको तयारी गरेका छौँ।’

डा। गौतमका अनुसार दैनिक ३० हजारलाई खोप दिइने छ।

उपत्यकाको हकमा भने धेरै बुथ राखेर खोप दिइने छ।

उपत्यकामा ठूला अस्पतालबाट खोप सञ्चालन गर्ने तयारी मन्त्रालयले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल, शिक्षण अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पताल लगायत अन्य अस्पतालमा बुथ राखेर खोप दिने तयारी भएको मन्त्रालय स्रोत जनाएको छ।

‘उपत्याकामा ठुला १० अस्पतालमा बुथ राखेर खोप दिइने तयारी भएको छ। तर, निजी अस्पतालबाट भने खोप दिइने छैन,’ मन्त्रालयले स्रोतले भन्यो।

खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ कोसक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय