एमबीबीएसको शुल्क बढ्दैन : प्रधानमन्त्री ओली

एमबिबिएसमा शुल्क नबढाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्।

शैक्षिकसत्र २०७७–०७८ मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ शुल्क बढाउनु पर्ने प्रस्ताव चिकित्सा शिक्षा आयोग गरेको थियो। सो प्रस्तावलाई ओलीले अस्विकार गरेका हुन्।

आयोगले शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै हाल ४० लाख २३ हजार २ सय ५० रुपैयाँ रहेको शुल्क वृद्धी गरी ४८ लाख रुपैयाँ बनाउन सिफारिस गरेको थियो ।

शुक्रबार बालुवाटारमा बसेको आयोगको पाँचौँ बैठकमा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले शुल्क नबढाउन निर्देशन दिएका हुन्।

कोरोना कहरले थला परेको अवस्थामा यो सरकारले शुल्क वृद्धी गर्दा नकरात्मक असर पर्ने भएकोले शुुल्क बढाउनु उचित नुहने प्रधानमन्त्रीले ओलीले भनाई थियो।

एमबीबीएस, बीडीएस, बेसिक साइन्स, एमडी आयुर्वेद, एमएन, एमएस्सी नर्सिङ, एमफर्मा, एमएस्सी मेडिकल माइक्रो बायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन कार्यदलले सिफारिस गरेको थियो ।

कार्यदलमा सहअध्यक्ष एवं स्वाथ्यमन्त्री हृदयश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा। उषा झा, आयोगका उपाध्यक्ष डा।श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुईटेल रहेका थिए।

One thought on “एमबीबीएसको शुल्क बढ्दैन : प्रधानमन्त्री ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय