नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २ हजारकाे नजिक

पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ५ सय ४१ नुमनामध्ये २ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भने १ सय ९ जनामा संक्रमण देखिएको छ।

पछिल्लो २४ घन्टमा थप ३ सय ८६ जना निको भएर घर फर्किएका छन्।

नेपालमा हालसम्म कुल २० लाख ३८ हजार ८४२ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ रहेको छ । क्वारेनटिनमा १४७ जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १४७ र भेन्टीलेटरमा २६ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९९४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय