भिजन एक्सिलेन्स अवार्डबाट डा. सन्दुक रुइतसहित ३ जना नेत्ररोग विशेषज्ञ सम्मानित

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ १० गते १३:०४

नेपालका तीनजना वरिष्ठ आँखा रोग विशेषज्ञ भिजन एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन्।

डा. सन्दुक रुइतसहित ३ जना नेत्ररोग विशेषज्ञ सम्मानित भएका हुन्।

आँखा अस्पताल तथा नेपाल नेत्रज्योति संघका संस्थापक प्रा.डा रामप्रसाद पोखरेल र नेपाल आँखा अस्पतालका अध्यक्ष डा.गोपालप्रसाद पोखरेलले पनि सम्मानित भएका छन्।

नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योती संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।

आँखा स्वास्थ्यको कार्यक्रममा योगदान दिने विश्वको १०० जना चिकित्सक भित्र पर्न सफल तीनजना चिकित्सकलाई सम्मान गरेको जनाएको छ।

डा. रुइत तिलगंगा आँखा अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक हुन्। उनी मोतिबिन्दु शल्यक्रियाका लागि प्रख्यात रहेका छन्।

त्यसैगरी, डा. रामप्रसाद पोखरेल नेपाल आँखा अस्पताल र नेत्रज्योती संघका संस्थापक अध्यक्ष हुन्। डा.गोपाल प्रसाद पोखरेल नेपाल आँखा अस्पतालका अध्यक्ष हुन्। अन्धोपना निवारणमा उनको ठुलो योगदान छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय