स्वास्थ्य मन्त्रालयले तोक्यो कोभिड खोप व्यवस्थापनका लागि सात संयोजक 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको व्यवस्थापनमा प्रदेश स्तरको लागि ७ जना संयोजक तोकेको छ।

मन्त्रालयले कोभिड खोप अभियान सञ्चालन र उचित व्यवस्थापन गर्नको लागि संयोजक तोकेको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा डा. कृष्ण पौडेललाई खोप व्यवस्थापनका लागि संयोजक तोकिएको छ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा डा. विकास देवकोटा, कर्णाली प्रदेशमा डा. अनुज भट्टचन र गण्डकी प्रदेशको लागि डा. जागेश्वर गौतमलाई संयोजकको जिम्मेवारी दिइएको छ।

त्यस्तै बागमती प्रदेशमा डा. गुणराज लोहनी, प्रदेश २ मा डा. मदनकुमार उपाध्याय र प्रदेश १ को लागि डा. तारानाथ पोखरेललाई संयोजकको जिम्मेवारी दिइएको हो।

संयोजकलाई सम्बन्धित प्रदेशमा खोप अभियानका व्यवस्थापन,खोप अभियानमा देखा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

भारत सरकारले नेपाललाई बिहीबार १० लाख डोज कोभिड खोप उपलब्ध गराएको छ।

अहिले उक्त खोप टेकुस्थित केन्द्रिय भण्डारण केन्द्रमा राखिएको छ। खोप लगाउने व्यक्तिहरुको जिल्लागत विवरण एकिन भएपछि मात्र प्रदेशमा पठाउने मन्त्रालयको तयारी छ।

अनुदानमा आएको खोप सुरुमा स्वास्थ्यकर्मी एम्बुलेन्स चालक, सफाई कर्मचारी,शब व्यवस्थापकलाई लगाइनेछ भने त्यसपछि जोखिमका आधारमा अरु व्यक्तिहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय