बरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको स्वास्थ्यमा समस्या

हेल्थपोस्ट नेपाल

बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइराला अवस्थ भएका छन्।

डा. कोइरालाको स्वास्थ्यमा बुधबार एक्कासी समस्या देखिएपछि ह्याम्स हस्पिटलमा भर्ना गरिएको थियो। उनको उनको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ।

अस्पताल स्रोतका अनुसार उनको मिर्गौलामा पत्थरीको समस्या देखिएको छ। पत्थरी शल्यक्रियामार्फत निकालिएको छ।

प्रा. डा. प्रेमराज ज्ञवाली, डा. सुमन चापागाईं र डा.सुजित पौडलको टोलीले कोइरालाको शल्यक्रिया गरेको हो।

हालको उनको स्वास्थ्य अवस्था समान्य रहेको अस्पताल जनाएको छ।

डा. कोइराला मेडिकल काउन्सिलको अध्यक्ष हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *