आयुर्वेद स्नातक तहको लाइसेन्सिङ परीक्षा फागुनमा

आयुर्वेद स्नातक (बीएएमएस) उत्तीर्ण गरेकाहरुको लाइसेन्सिङ परीक्षा फागुनमा सञ्चालन हुने भएको छ।

आयुर्वेद चिकित्सा परिषद नेपालले सूचना जारी गरी सो जानकारी दिएको हो।

आयुर्वेद स्नातक उत्तीर्ण गरेका विद्याथीहरूले स्थायी नाम दर्ता सम्बन्धी लागि फागुन ८ गते परीक्षा सञ्चालन गर्न हुने परिषद्ले जनाएको छ।

परीक्षामा सहभागी हुन चाहने माघ १३ गतेदेखि फारम भरिसक्नु पर्नेछ।

परीक्षामा सहभागी हुनको लागि ६ महिना इन्टर्नशीप पुरा गरेको हुनुपर्ने छ।

माघ १३ देखि २७ गतेसम्म नियमित दस्तुर र माघ २८ देखि फागुन ४ गतेसम्म थप दस्तुर तिरी फारम भर्न सकिने परिषदले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय