कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको अनुसार नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ।

शुक्रबार ३ हजार ६ सय १४ जना सक्रिय संक्रमित छन्। हालसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३५ हजार ३ सय १ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ सय ५८ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ४ सय ८० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ।

आज देशभर १ सय ८५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय