विराट अस्पतालले भित्र्यायो नेपालमै पहिलोपल्ट मल्टिप्लेक्स पिसिआर मेसिन

नेपालमै पहिलोपल्ट मल्टिप्लेक्स पिसिआर मेशिन विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा जडान भएको छ। सो मेसिन अमेरिकी कम्पनी बायोफारको उत्पादन हो।

यस मेसिनलाई अमेरिकी फुड एन्ड डर्गस एडमेनिस्ट्रेशन (एफडीए)बाट मान्यतासमेत दिएको छ।

यो मेसिनको सहायताले एक घन्टाभित्र कुनै पनि रोगको ३० वटासम्म म कजेटिभ एजेन्ट (रोग संक्रमण गराउन सक्ने सम्भावित कारण) पत्ता लगाउन सकिने अस्पतालले जनाएको छ।

आइसियुमा भर्ना भएका बिरामीको रोग पत्ता लगाउनमा यस मेसिनले थप सहयोग गर्ने कन्सन्लट्यान्ट फिजिसियन डा. पुरू कोइराला बताउँछन्।

‘आइसियुमा भर्ना हुने बिरामी प्राय जसो संक्रामक रोगका हुने गर्छन। हामीलाई समस्या कुन किटाणुले इन्फेक्शन भएको छ भनेर छुट्याउन गाहो हुन्छ,’ डा. कोइरालाले भने, ‘रिर्पोटको आधारमा बिरामीलाई समस्या भएको छ भनेर एक घन्टामा पत्ता लगाउन सकिन्छ।’

इन्ट्रोस्कपी, फोक्सो श्वासनलीबाट खकार निकालेर यस मेसिनको सहायताबाट क्षयरोग,क्यान्सर वा कडा किटाणुको गर्दा भएको एकैपटकमा थाहा पाउन सकिने उनले बताए।

उनका अनुसार मेसिनले निकालेको नतिजाको आधारमा बिरामीलाई एन्टीबायोटिक र एन्टीफुङगल ड्रग दिइने गरिन्छ।

‘यस मेसिनले गर्दा एक घन्टामा थप उपचार गर्नमा सहज हुन्छ,’ डा. कोइराला भन्छन्, ‘कुनै औषधिले काम गर्ने किटाणु हो वा होइन भन्ने बारे २४ घन्टाभित्र एकीन गर्न सकिन्छ।’

छिटो रिर्पोट आउने भएकाले अस्पतालमा बिरामीको बसाई र आर्थिक भर पनि कम हुने उनले बताए।

One thought on “विराट अस्पतालले भित्र्यायो नेपालमै पहिलोपल्ट मल्टिप्लेक्स पिसिआर मेसिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय