पार्किन्सन रोगबाट ग्रसित गायक ध्रुव केसीको निधन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ ९ गते १२:२३

नेपाली आधुनिक गीतसंगीतका गायक ध्रुव केसीको निधन भएको छ। उनको बिहीबार साँझ भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा निधन भएको हो।

केसी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। उनका ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’, ‘सबैले भन्छन्’, ‘नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?’, ‘बगी जाने खोला’ लगायतक गित चर्चित छन्।

विसं २००२ साल मंसिर ३ गते उनको जन्म भएको थियो। उनका तीन छोरी छन्। उनी नायक भुवन केसीका काका पनि हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय