जाडोमा लिनुपर्ने सावधानीबारे डा. ओममूर्ति अनिलको १० सुझाव

१. पानी प्रशस्त पिउने : शरीरमा पानीको मात्रा पशस्त्र भएमा चिसोले गर्दा रगत बाल्को हुने जोखिम कम हुन्छ।

२. शरिरलाई सक्रिय बनाउने : शारीरिक व्यायाम सुरू गर्नु भन्दा अघि ५ देखि १० मिनेट शरीरलाई सक्रिय बनाउने अनि मात्र व्यायाम सुरू गर्ने

३. हिडाईको गति कम गर्ने : चिसोमा मुटुमा जोखिम घटाउन हिडाइको गति कम गरेर, हिडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ।

४. चिसो हावा र पानी परेको बेलामा : यस्तो बेलामा घर बाहिर व्यायाम गर्न निस्कन हुँदैन।

५. मदिरा चुरोटको सेवन : जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झ्न बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ।

६. धेरै चिल्लो खाना : जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले, धेरै चिल्लो, फ्राई, पार्टीको भोजको बेलामा सर्तक हुनुपर्दछ।

७. सुगर, प्रेसर, कोलेस्ट्रोलको राम्रो नियन्त्रण : जाडो महिनामा प्रेसर र कालेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरूरी छ।

८. चिसोमा हिँड्दा छाती दुख्नु : मुटु रोगेको प्रमुख लक्षण एन्जाइना चिसोमा बढि देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरूरी हुन्छ।

९. औषधिको नियमित प्रयोग : मुटुरोग प्रेसर, सुगर, कालेस्ट्रोल आदिको औषधि नटुटाइकन नियमित खानुपर्दछ।

१०. व्यायामको बेलामा चिसोबाट सुरक्षा : यसको लागि प्रर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान हात छोपेर हिड्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय